काठमाडौं- नेपाली कांग्रेसबाट अर्थमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीले शपथ लिने भएका छन्।
कार्कीको अर्थमन्त्रीमा दोस्रो कार्यकाल हुने भएको छ। प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले शपथ लिँदा कांग्रेसबाट अन्य तीन जनाले शपथ लिने बताइएको छ।
अन्य दुई व्यक्ति र मन्त्रालयको टुंगो नलागेको बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरिसकेकी छन्। शपथको समय भने टुंगो लागेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।