काठमाडौं- नेपाली कांग्रेसबाट पहिलो चरणमा मन्त्री बन्नेमा नेता बालकृष्ण खाँणको सम्भावना रहेको बताइएको छ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवाले शपथ लिँदा सानो आकारको मन्त्रिमण्डल बनाउने गरी दलहरुबीच सहमति बनेको छ। त्यही अनुसार कांग्रेसबाट खाँणको सम्भावना रहेका कांग्रेस स्रोतले जानकारी दिएको छ।
पार्टी सभापति देउवाले आफू निकटका नेताहरुसँग सोमबार विहान छलफल गरेका थिए।
प्रमुख सचेतकसमेत रहेका खाँणलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे भने एकिन नभएको स्रोतको भनाइ छ।
मन्त्रिमण्डलमा सहभागीहरुको नामको टुंगो लगाउन देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।