काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र जनार्दन शर्माको नेतृत्वमा र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।
देउवा नेतृत्वको सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने छन्। माओवादी केन्द्रबाट जनार्दनको नेतृत्वमा सरकारमा सहभागी हुने भएपनि मन्त्रालय भने टुंगो नलागेको देउवा निकट स्रोतले जानकारी दियो।
स्वास्थ्य मन्त्रालय कांग्रेसले नै राख्ने र मन्त्रीपनि आजै बनाउने तयारी गरिएको छ।
सर्वोच्च अदालतले सोमबार संसद पुन: स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।