फाइल तस्वीर
काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ।
स्थायी कमिटी बैठक ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
सर्वोच्च अदालतले सोमबार संसद पुन: स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेपछि विकसित घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्न लागेको हो।
देउवाको पक्षमा माओवादी सांसदहरुले हस्ताक्षर गरेका थिए। देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुने र सानो आकारको मन्त्रिपरिषद्समेत बनाउने भएसँगै सरकारमा सहभागीताका बारेमा पनि माओवादी केन्द्रले निर्णय गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।