File: Upasana Dahal/AFP
काठमाडाैं- अमेरिकी सरकारले कोरोनाविरुद्धको पाँच लाख डाेज खोप भुटानलाई प्रदान गरेकाे छ। अमेरिकाले भुटानलाई मोडर्नाकाे खोप उपहारस्वरूप प्रदान गरेको हो।
भुटानको पेट्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार खोप आइपुगेको सरकारी अधिकारीहरूले जानकारी दिएका हुन्।
अमेरिकाले कोरोनाको महामारी न्यूनीकरण गराउन सहयोग गर्ने आफ्नाे
सरकारको नीतिअनुसार खोप प्रदान गरिएको जनाएको छ।
अमेरिकाले कोरोना महामारी नियन्त्रण गर्नका लागि भुटानलाई यसअघि १० लाख अमेरिकी डलरसमेत सहयोग गरेको थियो।
अमेरिकाले भुटानलाई अक्सिजन सिलिण्डर, मास्क, स्वास्थ्य उपकरणहरू, सवारी साधनहरू, भेन्टिलेटरहरूलगायत पनि उपलब्ध गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।