काठमाडाैं- पूर्वी चीनको पर्यटकीय सहर सुझौस्थित एक होटल भत्किँदा कम्तिमा एक जनाको मृत्यु भएकाे छ। घटनामा १० जना हराइरहेका छन्।
चिनियाँ टेलिभिजन सीसीटिभीका अनुसार चीनको प्रसिद्ध पर्यटकीय सहर सुझौमा सोमबार सिजी काइयून नामको होटल भत्किँएकाे हाे।
उद्वारकर्मीहरुको टोलीले घटनास्थलबाट ७ जनालाई जीवीतै उद्वार गरेको समाचारमा जनाइएकाे छ।
उक्त भवन कसरी भत्कियो भन्नेबारे हालसम्म यकिन विवरण आइसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्।
सिजी काइयून होटल २०१८ मा सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।