काठमाडौं– ५ दलीय गठबन्धनको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ।
सोमबार कोटेश्वरमा बसेको गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने र प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय भएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए।
मन्त्रालय बाँडफाँटको विषयमा भने थप छलफल हुने नेताहरुको भनाइ छ। मन्त्रीमण्डल गठन र मन्त्रालयको बाँडफाँटको विषयमा निर्णय गर्न मंगलबार गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने जनाइएको छ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै माओवादी केन्द्रका नेता देव गुरुङले संसद पुन:स्थापनाको पक्षमा रहेका सबैलाई समेटेर अधिकतम सहमति कायम गरेर अगाडि बढ्ने विषयमा सल्लाह भएको पनि बताए।
नेता गुरुङले पावर सेयरिङबारे पनि छलफल सुरु भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।