काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी भोलि बस्नेगरि सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज केहीबेर बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन।
बैठक रोक्न अनुरोध गर्दै बालुवाटार पुगेका नेपाल पक्षका नेता भीम रावल एमाले विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएर फर्किएका थिए।
भोलिको बैठकमा वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत पनि सहभागी हुने एमाले सचिव प्रदीप ज्ञवालीले बताए।
स्थायी कमिटी बैठक सकेर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।