काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास निस्किएका छन्।
बालुवाटारमा केहीबेर बसेको एमाले स्थायी कमिटी बैठक सकेर ओली शीतलनिवास निस्किएका हुन्।
सर्वाेच्च अदालतले आज प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अस्वीकार गर्ने राष्ट्रपतिको निर्णय खारेज गरेको छ।
अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै भोलि बेलुका ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।