काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार अपराह्न नै बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका थिए। पार्टी भित्रको विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरु वार्तामा रहेका कारण आइतबारको बैठक स्थगित गरिएको थियो।
आइतबार ४ बजेका लागि बोलाइए पनि स्थगित भएको एमाले स्थायी कमिटी बैठक सोमबार झन्डै १ घण्टा ढिलो गरी बालुवाटारमा सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।