काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई व्यक्तिगत जीत हारको विषयका रुपमा लिन नहुने बताएका छन्।
सोमबार सर्वोच्च अदालतको फैसलापछि लिखित वक्तव्य जारी गर्दै देउवाले देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न फैसलाले सबैलाई अझ जिम्मेवार बनाएको पनि बताएका छन्।
देउवाले सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको पनि बताएका छन्। सोमबारको फैसलापछि स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वास थप अभिवृद्धि भएको पनि देउवाको टिप्पणी छ।
सर्वोच्च अदालतले सोमबार संसद पुनःस्थापना हुने फैसला सुनाउँदै १४६ जना सांसदले दायर गरेको रिटमा गरिएको मागदाबीअनुसार देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।