काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सर्वोच्च अदालतको फैसलाले संविधानलाई ट्याकमा ल्याउने काम गर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका धारा च्यातच्युत पारेर दुई-दुईपटक संसद विघटन गरेकाले सर्वोच्चकाे संसद पुन:स्थापना गर्ने फैसलाले सबै प्रणाली विस्तारै ट्याकमा आउने पौडेलले दाबी गरे।
‘प्रधानमन्त्रीको कार्यकारी पदलाई प्रयोग गरेर सबै प्रणाली पद्दती र संविधानका धाराहरुलाई च्यातचुत पार्ने काम गरिएको थियो,’ नेपाललाइभसँग कुरा गर्दै पौडेलले भने,‘अदालतको फैसलापछि यो संविधान कानून न्याय प्रणालीलाई ठिक ठाउँमा ल्याउने काम भयो। यसबाट ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, विभिन्न जाति वर्ग समुदायले चलाएको आन्दोलनबाट प्राप्त संविधानको रक्षाका लागि काम गर्नेछ।’
संसद पुन:स्थापना भएपछि स्थिर सरकारको सन्देश सबै दलहरु मिलेर दिनुपर्ने आवश्यकता देखिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।