काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले संविधानको रक्षा गर्ने आफूहरूको अभियान सफल भएको टिप्पणी गरेका छन्।
सोमबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि पाैडेलले संविधान र संसद्लाई दुर्घटनामा लैजाने प्रयास असफल भएको बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत् धारणा सार्वजनिक गर्दै पाैडेलले सुनुवाइमा संलग्न सर्वाेच्च अदालतका न्यायाधीशलाई धन्यवाद र देउवालाई बधाई भनेका छन्।
'संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो। संविधान र संसद्लाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ। यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई!', पाैडेलले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।