काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधि सभाबाट स्थिर सरकार दिएर प्रतिगमनकारीलाई दण्डित गर्नुपर्ने बताएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापनाको फैसला आएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत् भट्टराईले न्यायलयलाई धन्यवादसमेत दिएका छन्।
‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक/प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक बधाई/धन्यवाद!,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अब कुनै किन्तुपरन्तु गर्ने ठाउँ छैन। संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थिर सरकार दिऊँ, प्रतिगमनकारीलाई दण्डित गरौं!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।