फाइल तस्वीर।
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वाेच्च अदालतको फैसला निष्पक्ष रहेकाे बताएका छन्।
सोमबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि आफ्नै निवास बूढानीलकण्ठमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले लोकतन्त्र बलियो भएको बताए।
यसले विधिको शासन स्थापनामा सहयोग पुग्ने देउवाले बताए।
नयाँ सरकार गठनका विषयमा पाँच दलीय गठबन्धनभित्र छलफल गरेर अघि बढ्ने देउवाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।