काठमाडौं- विपक्षी गठबन्धनको बैठक बोलाइएको छ। बैठक आज साँझ ५ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष,जनता समाजवादी पार्टीको उपेन्द्र यादव,-बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चाको बैठक सिंहदरबारमा बस्ने भएको हो।
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय गबन्धनको बैठक बस्न लागेको गठबन्धनका एक नेताले बताए।
सर्वोच्च अदालतले दुई दिनभित्र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत परमादेश जारी गरेको छ।
आइतबार मात्र एमालेको एकता कार्यदलले १० बुँदे सहमति गरेकाले एमाले वरिष्ठ नेता नेपाल बैठमा सहभागी हुने/नहुने भने निश्चित छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।