काठमाडौं- नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देव गुरुङले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको विषयमा समर्थन, सम्मान र स्वागत गरेको बताएका छन्।
अहिलेसम्म फैसलाको पूर्णपाठ पढ्न नपाएपनि संक्षिप्त रुपमा अध्ययन गर्दा पाँच विषयमा केन्द्रित भएको गुरुङले बताए। ‘संक्षित रुपमा आएको कुरा हेर्दा पाँच विषय आएका छन्। विघटन भएको संसद् पुनर्स्थापना भएको छ, सात दिनभित्र संसद् बोलाउन भनिएको छ, प्रधानमन्त्री नियुक्तिका विषयमा नमिलेको भन्दै राष्ट्रपतिले बदर गरेको विषयमा खारेज भएकाले प्रधानमन्त्रीलाई नियुक्ति गर्ने विषयमा खुलेको छ’, नेपाल लाइभसँग कुरा गर्दै गुरुङले भने।
निवेदकले जुन विषयमा माग गरिएको थियो सोही विषय बमोजिम फैसला भएको गुरुङले बताए।
यसअघि माओवादी नेता श्रेष्ठले पनि संविधान र लोकतन्त्रको रक्षाका लागि सर्वाेच्च अदालतको फैसला महत्त्वपूर्ण भएको टिप्पणी गरेका थिए।
'सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। यसको हामी स्वागत गर्दछौं। प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरू, नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु, श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।