काठमाडौं- सर्वोच्च अदालतले संसद पुन: स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परामदेश जारी गरेसँगै नेकपा एमालेका नेता महेश बस्नेतले अदालतको फैसलाकोविरुद्धमा प्रदशर्नका लागि आह्वान गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र बस्नेतले माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाविरुद्ध बिरोध जनाउन आह्वान गरेका हुन्।
सामाजिक सञ्जालमा नेता बस्नेतले भनेका छन्, 'आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन। निर्दलीय शासन व्यवस्थाको पुन: बिजारोपण भएको दिन। व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाममा सेट्ङ्गवाला केही न्यायमूर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनीतिक द्वन्दमा प्रवेश गरेको छ। यो परमादेश कार्यान्वयन गर्ने असम्भव छ। युवा संघले यसविरुद्ध तुरुन्तै माइतीघर मण्डलामा बिरोध प्रदशन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।