काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले देश अस्थिरतामा फस्ने खतरा बढेको बताएका छन्।
सर्वोच्चको फैसलापछि सोमबार सामाजिक सञ्जालमा एउटा सन्देश लेख्दै थापाले ‘सर्वोच्च अदालतमा गोरु ब्याएको’ भनेर टिप्पणी समेत गरेका छन्।
सर्वोच्च अदालतले राजनीतिक फैसला गरेको र कार्यान्वयनमा जटिलता रहेको पनि थापाले टिप्पणी गरेका छन्।
‘वरिष्ठ राजनीतिक स्व राजेश्वर देबकोटाको शब्द सापटि लिए– सर्वोच्च अदालतमा आज गोरु ब्यायो, राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा,’ थापाले ट्वीटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।