काठमाडौं- प्रतिनिधि सभा पुनः स्थापना गर्ने सर्वोच्चको फैसला ऐतिहासिक भएको कांग्रेसले प्रारम्भिक प्रतिक्रिया जनाएको छ।
सोमबार प्रतिनिधि सभा विघटन मुद्दामा फैसला सुनाउँदै सर्वाेच्च अदालतले शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको हो।
‘बालुवाटार र सीतलनिवासले आवेशमा गरेको निर्णयलाई सर्वोच्चले सच्चाइदिएको छ’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संविधान विपरित प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मिचेको संविधानलाई ट्रयाकमा ल्याइदिएको छ।’
सर्वोच्चले साउन ३ गते ५ बजे प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।