काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको टिप्पणी गरेका छन्।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि माओवादी केन्द्रका नेता शर्माले प्रतिगमन परास्त भएको टिप्पण गरेका हुन्।
सामाजिक सञ्जालमा उनले छोटो टिप्पणी गर्दै लेखेका छन्, 'प्रतिगमन परास्त भो ।'
सोमबार प्रतिनिधि सभा विघटन मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको हो।
सर्वोच्चले भोलि बेलुका ५ बजेभित्र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न आदेश जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।