काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले दोस्रोपटक गरेको फैसलाले नेपालको संविधान, संसद् र लोकतन्त्र जोगाएको प्रतिक्रिया दिएका छन्।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसला सार्वजनिक भएसँगै नेपाल लाइभसँग कुरा गर्दै उनले त्यस्तो बताएका हुन्।
‘सर्वोच्चले दोस्रोपटक गरेको यो फैसलाले नेपालको संविधान, संसद् र लोकतन्त्र जोगाएको छ। यसले आम नेपालीले गरेको अपेक्षा अनुसार अदालतले आफ्नो गरिमालाई उँचो बनाएको छ’, नेपालको भनाइ छ।
नेता नेपालले आफूले फैसला पूरै हेर्न बाँकी रहेको बताए। ‘तर, सर्वोच्चले संविधानवाद र संवैधानिक सर्वोच्चताको उच्चतम् व्याख्या गरेको अनुभूति भएको छ’, उनले भने।
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै नेकपा एमालेका नेपाल पक्षका २६ जना सांसद्ले हस्ताक्षर गरेका थिए। सर्वोच्चमा रिट दायर गर्दा सो पक्षका २३ जना सांसद् थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।