काठमाडौं– नेकपा एमालेको एकता कार्यदलका सदस्यहरुले सहमति खोज्न 'अन्तिमसम्म' प्रयासरत रहने बताएका छन्।
सिंहदरबारस्थित अर्थ मन्त्रालयको बैठक कक्षमा करिब १२ घण्टादेखि छलफलमा रहेका एकता कार्यदलका सदस्यहरुले सहमतिका लागि कोसिस जारी रहेको पनि बताएका छन्।
अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सहमतिका लागि कोसिस जारी रहेको बताए।
बैठकमा सहभागी कार्यदलका सदस्यहरुका लागि साँझको खाना समेत अर्थ मन्त्रालयमै आइपुगेको छ। अझै रातिसम्म पनि वार्ता जारी रहनसक्ने नेताहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।