काठमाडौं– नेकपा एमालेको आज (आइतबार) अपराह्न बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आइतबार स्थगित भएको बैठक सोमबार अपराह्न ५ बजे बस्ने तामाङले जानकारी दिए।
एमालेका दोस्रो तहका नेताहरु सम्मिलित एकता कार्यदलस्तरमा आन्तरिक विवाद समाधानका लागि छलफल भइरहेको अवस्थामा ओलीले आइतबार स्थायी कमिटी बैठक डाकेका थिए।
तर, वरिष्ठ नेता माधव नेपाल पक्षले भने आइतबारको बैठकमा सहभागी नहुने घोषणा गरेको थियो। माधव नेपाल पक्षका नेता मुकुन्द न्यौपानेले आफूहरुलाई आइतबारको बैठकबारे जानकारी नभएको र खबर गरिएको अवस्थामा पनि सहभागी हुन नसकिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।