काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ। एमालेको युवा संघले विपक्षी गठबन्धनविरुद्ध र ओलीका पक्षमा आइतबार दिउँसो प्रदर्शन गरेको हो।
वर्तमान सरकार र एमालेविरुद्ध घेराबन्दी भएको भन्दै युवा संघका नेता, कार्यकर्ताले प्रदर्शन गरेका हुन्। उनीहरूले विपक्षी गठबन्धनलाई अवैधानिक समेत भनेका छन्।
उनीहरूले ‘आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’, ‘कानुनी शासन कायम गरौं, बौद्धिक अराजकताको अन्त्य गरौं’ लगायतका नारा लगाएका थिए। नयाँ बानेश्वरबाट सुरु भएको प्रदर्शन माइतीघर मण्डलमा पुगेर सभामा परिणत भएको थियो।











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।