काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएको बारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन्।
माधव पक्षीय नेता मुकुन्द न्योपानेले बैठकबारे केही थाहा नभएको बताए। 'आज (आइतबार) स्थायी कमिटी बैठक बोलाइएकोबारे हामीलाई थाहा छैन,' नेता न्यौपानेले भने।
खबर गरिएको भएपनि एक घन्टाको समय राखेर बोलाइएको बैठकमा जान नसकिने उनको भनाइ छ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने आइतबार अपराह्न ४ बजे स्थायी कमिटीको बैठक बोलाइएको र बैठकमा सहभागी हुन भनेर सबै स्थायी कमिटी सदस्यलाई खबर गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।