काठमाडाैं- नेकपा (एमाले) एकता कार्यदलको बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सदस्यहरु सिंहदरबारस्थित बैठकस्थलमा आइपुगेका छन्। उनीहरु निर्धारित समयभन्दा एक घण्टा ढिला गरी बैठकस्थलमा आइपुगेका हुन्।
पार्टीको आन्तरिक विवाद समाधानबारे अन्तिम सहमति गर्न आज बिहान ८ बजेका लागि तय गरिएको बैठक नेपालपक्षका कार्यदल सदस्यहरु आइनपुगेका कारण समयमा सुरु हुन सकेको थिएन।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका सदस्यहरु भने तोकिएको समयमा नै बैठकस्थल आइपुगेका थिए।
नेपालपक्षका सदस्यहरुले बैठकस्थल आउनुअघि वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित नेपालनिवासमा आन्तरिक छलफल गरेका थिए।
बैठकस्थलमा प्रवेश गर्दै नेपालपक्षका कार्यदल सदस्य गोकर्ण विष्टले सुखद् समाचार आउने प्रतिक्रया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।