काठमाडौं- नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई उनलाई भेटेर फर्केपछि कार्यदलको बैठक सुरु भएको छ।
बैठकमा नेपाल पक्षका सदस्य रघुजी पन्त र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सदस्य शंकर पोखरेलबाहेक अरु नेताहरू सहभागी छन्। यस्तै, कार्यदलमा नरहेकाे नेपाल पक्षका नेता भीम आचार्य भने बैठकमा छन्। उनी एमाले एकताका लागि यसअघि हुने गरेका अनाैपचारिक छलफलमा भने सक्रिय सहभागी हुँदै आएका थिए।
शनिबार कार्यदलमा रहेका नेपाल पक्षका नेताहरूले उनीसँग परामर्श गरेका थिए। कार्यदलमा अनाैपचारिक छलफल गरेर उनीहरू परामर्शका लागि नेपालनिवास पुगेका थिए।
भेटमा कार्यदलले तयार पारेको मस्याैदाका विषयमा उनीहरूले नेता नेपालसँग परामर्श गरेका थिए। कार्यदलको मस्याैदामा नेपाल सकारात्मक रहेको कार्यदलका एक सदस्यले बताए।
नेपाल पक्षका नेताहरू फर्किएसँगै सुरु भएको कार्यदलको बैठक जारी छ। आजै सहमति सार्वजनिक गर्ने तयारी गरेको कार्यदलमा छलफल भने लम्बिने संकेत देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।