काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार करिब एक घण्टा भेटवार्ता भएको छ।
देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए। दिउँसो सवा ३ बजे बूढानीलकण्ठ पुगेका प्रचण्डले करिब एक घण्टा देउवासँग छलफल गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्दै बनेको पाँच दलीय विपक्षी गठबन्धनका नेताहरुबीच पछिल्ला दिनमा बैठकसमेत हुन नसकिरहेका बेला देउवा र प्रचण्डको भेट भएको हो।
शनिबार नै प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित नेपाल निवासमा पुगेर भेटेका थिए।
भेटमा उनले विपक्षी गठबन्धनको साथ नछोड्न भनेका थिए। उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षलाई धोका दिन सक्ने भन्दै सचेत हुन भनेका थिए।
एमालेभित्रको विवाद समाधानउन्मुख भएपछि नेता नेपाल पछिल्लो समय विपक्षी गठबन्धनको छलफलमा सहभागी भएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।