काठमाडौं- नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलका केही सदस्यहरू वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका छन्। कार्यदलमा रहेका नेपाल पक्षका नेताहरूले उनीसँग परामर्श गरेर सिंहदरबार फर्किएका छन्।
शनिबार दिउँसो सिंहदरबारमा कार्यदलमा अनाैपचारिक छलफल गरेर उनीहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरू भने सिंहदरबारमै बसेका थिए।
भेटमा कार्यदलले तयार पारेको मस्याैदाका विषयमा उनीहरूले नेता नेपालसँग परामर्श गरेका थिए।
कार्यदलको मस्याैदामा नेपाल सकारात्मक रहेको कार्यदलका एक सदस्यले बताए। आजै सहमति सार्वजनिक गर्ने तयारी गरेको कार्यदलमा छलफल भने लम्बिने संकेत देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।