बागमती- बागमती प्रदेश सरकारले बजेट पास गर्नका लागि दलीय सहमति जुटाउन प्रयास थालेको छ।
सहमतिका लागि मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार प्रतिपक्षी दलका नेतासँग वार्ता गरेका छन्। उनले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल तथा प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँसँग शनिबार छलफल एवं वार्ता गरेकाे मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
सभामुख सानुकुमार श्रेष्ठ र नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाको समेत सहभागिता रहेको छलफल सकारात्मक रहेको जनाइएको छ।
छलफलले प्रदेश सभाको गतिरोध अन्य गरेको र आइतबार हुने प्रदेश सभाको बैठकबिना अवरोध सञ्चालन हुने मुख्यसचेतक निरौलाले जिकिर गरे। बजेटमाथिको छलफल आइतबार नै सकेर अबेरसम्म भए पनि बजेट पास गरेर अगाडि बढ्ने सहमति भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।