त्यो २३ जुन १९८६ को दिन थियो। जुन दिन मैले इंग्ल्यान्डविरुद्ध यादगार दोस्रो गोल गरेको थिए। जुन पछि शताब्दीकै उत्कृष्ट गोलमा दरिन पुग्यो।
मैले दोस्रो गोल भाईले भने जस्तै गरी गरें। १३ मे १९८१ मा मैले यस्तै तरिकाले गोल गरिसकेको थिएँ। त्यतिबेला मेरो भाई टुको मसँग खुब रिसाएको थियो।भन्थ्यो, ‘तिमी काम नलाग्ने मान्छे हौं। गोलकिपरलाई आफ्नो नजिक आउन दिने प्रयत्न पनि गरेनौं। तिमीले यो गोललाई अझ रोचक बनाउन सक्थ्यौ।’ त्यति भनेर ऊ मसँग फन्क्क फन्कियो। म चकित परेँ।
उसलाई गाली गर्न थालें, ‘तँ घटिया मान्छे। त्यत्तिकै मलाई गाली गर्छस्। टेलिभिजन हेरेपछि थाहा पाउँछस्, मैले कस्तो गोल गरें भनेर।’
तर, टेलिभिजन हेरेपछि भाईको सोचबाट म आफैँ प्रभावित भएँ। त्यतिबेला ऊ ७ वर्षको मात्र थियो। उसले उल्टै मलाई सम्झायो, ‘होइन फ्लु (म्याराडोनालाई भार्इले सम्बोधन गर्ने नाम) यदि तिमीले गोलकिपरलाई आफू नजिकै आउन दिएको भए, पोल र तिमीबीचको ग्याप छोटो हुने थियो। यस्तो बेला गरेको गोल दर्शनीय हुने गर्छ। यस्तो स्थितिमा तिमीले जहिले पनि देब्रे खुट्टाले गोल गर्नु।’
मैले सन् १९८६ को विश्वकप अन्तर्गत क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध दोस्रो गोल त्यसरी नै गरें। जसरी मेरो भाईले मलाई गोल गर्न सुझाव दिएको थियो।

मैदानको मध्य भागभन्दा अगाडि मिडफिल्डर हेक्टर एनरिकले बल मलाई उपलब्ध गराउँदा इंग्ल्यान्डका दुई डिफेन्डर बल खोस्न म नजिक आएका थिए। तर, उनीहरुलाई राम्रो डच दिँदै बललाई इंग्लिस गोल पोस्टतर्फ अगाडि बढाउन सफल भए।
बीचमा मलाई फेरि रोक्ने प्रयास भएको थियो। तर, यतिबेला पनि मैले बलमा नियन्त्रण बनाइरहेँ। इंग्ल्यान्डको डिबक्सभित्र बल छिराउन क्रममा पुनः मलाई रोक्ने प्रयास भयो। यतिबेला मलाई तान्न पनि खोजिएको थियो। तर, म उम्किन सफल भए। डिबक्सभित्र इंग्लिस गोलकिपर पिटर सेल्टनको अगाडि पुग्दा दुई जना डिफेन्डरले फेरि ट्याकल गर्न खोजेका थिए। सेल्टन पनि अगाडि आउँदै थिए। सुरुमा मैले उनलाई नजिकै आउन दिएँ। तर, छेउमा आएपछि नराम्रो डच दिए। र देब्रे खुट्टाले गोल गरे।
(सन् २००० मा प्रकासित आत्मबृतान्त ‘म डिएगो हुँ’बाट)
भिडियो :-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।