काठमाडौं– नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन्।
गत बुधबार माओवादी केन्द्र पार्टी अवैधानिक भन्दै उनीहरुले निर्वाचन आयोगमा निवेदन दिएका थिए।
निवेदनका विषयमा के कति प्रक्रिया अघि बढ्यो भन्ने विषयमा बुझ्न नेताहरु शुक्रबार मध्याह्न निर्वाचन आयोग पुगेका हुन्।
रायमाझीसहित एमाले स्थायी कमिटी सदस्य मणि थापा, केन्द्रीय सदस्य प्रभु साह, गौरीशंकर थारु लगायत नेताहरु आयोग पुगेका हुन।
‘माओवादीबाट एमाले प्रवेश गरेका नेताज्यूहरु आयोग आउनुभएको छ’, प्रमुख निर्वाचन आयूक्त दिनेशकुमार थपलियाले भने, ‘निवेदनका विषयमा सचिवज्यूसँग बुझ्नुस् भनेपछि उहाँहरुले सचिवज्यूसँग कुराकानी गरिरहनु भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।