फाइल तस्बिर
काठमाडौं- नेकपाका एमालेभित्रको संकट टार्ने प्रयत्नस्वरुप एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ।
काठमाडौंको नागपोखरी, नक्सालस्थित होटल मेरियटमा केही बेरअघि वार्ता सुरु भएको हो।
बुधबार एमाले एकता जोगाउन गठित कार्यदलले विवादका विषय टुंगो लगाएको जनाएको थियो। त्यसलाई अन्तिम रुप दिन बुधबार नै ओली र नेपालबीच भेट गराउनेसमेत कार्यदलका सदस्यहरुले बताएका थिए। त्यहीअनुसार ओली र नेपाल स्वयं बसेर विवाद समाधान गर्ने प्रयास सुरु गरेका हुन्।
वार्तामा कार्यदलका सदस्यहरु सदस्य विष्णुप्रसाद पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, ईश्वर पाेखरेललगायत पनि सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।