काठमाडाैं- नेपाल वायुसेवा निगमले निगमका कर्मचारीहरुको आन्दोलनसम्बन्धी समाचारहरुमा निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय निगमको सञ्चालक समितिबाट भइसकेको भनी संप्रेषण गरिएकोसम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
निगमका महाप्रबन्धक डिमप्रसाद पाैडेलले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे स्पष्ट पारेका हुन्।
निगममा कार्यरत कर्मचारीसम्बद्ध तीनवटै ट्रेड युनियनले संयुक्त रुपमा असार २० मा निकालेको गम्भीर ध्यानाकर्षण सम्बन्धमा मागपत्र तथा निगममा भइरहेको तालाबन्दी र कर्मचारीहरुको आन्दोलन सम्बन्धमा विभिन्न समाचार माध्यमहरुमा नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय निगमको सञ्चालक समितिबाट भइसकेको भन्ने सम्बन्धमा सत्य तथ्य जानकारी भन्दै उनले बुँदागत रुपमा प्रष्टीकरण दिएका छन्।
निगम पूर्णरुपमा सरकारको स्वामित्वमा नै रहिरहनुपर्छ भन्ने निगम व्यवस्थापनको धारणा कायम नै रहेको विज्ञप्तिमा उल्लेख छ।
यता निगममा कार्यरत कर्मचारीहरूले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन्।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।