काठमाडौं- संयुक्त विद्यार्थी संगठनले तीन पूर्वप्रधानमन्त्रीहरूलाई ज्ञापनपत्र बुझाएका छन्।
संविधानमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई सरकारमा रहँदा वा नरहँदा हरहालतमा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउन अनुरोध गर्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन्।
विद्यार्थी संगठनका नेताहरूले बुधबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई ज्ञापनपत्र बुझाएका हुन्।
जनताको संविधानप्रदत्त मौलिक हक कार्यान्वयन गर्नुको सट्टा वर्तमान सरकार उल्टो कमिसनखोर र माफियाहरुको चालमा डुबेर जनाधिकार कुण्ठित पार्न उद्धत रहेको विद्यार्थी संगठनहरूले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।
‘संविधान कार्यान्वयन हुनका लागि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भएर मात्र पुग्दैन, अपितु संविधानमा लिपिवद्ध भएका नागरिकका तमाम मौलिक हक अधिकारहरु कार्यान्वयन हुनुपर्दछ। जनताका अधिकार सुनिश्चित भएमात्र लोकतन्त्र सुदृढ र मजबुत हुन सक्दछ’, उनीहरूले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।