काठमाडौं– नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य (सांसद) रामनारायण बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान नवुझेको दाबी गरेका छन्।
बुधबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै बिडारीले संविधानमा लेखिएको विषय पनि राष्ट्रपतिले पालना गर्नु पर्दै भन्दै प्रश्न गरे। सांसद बिडारीले राष्ट्रपतिले संविधानलाई 'बाँदर'को हातमा नरिवल झैं बनाएको पनि टिप्पणी गरे। 'राष्ट्रपतिले पटक पटक संविधानको बर्खीलाप गर्नुभयो, उहाँले संविधानलाई कुन्नी केको हातमा नपरिवल परेको जस्तो गर्नुभयो,' बिडारीले भने।
‘संविधानमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्ने छ भनेर लेखेको भए मेरो भाइलाई गर्छु भन्नु हुने रहेछ,’ बिडारीले भने, ‘संविधानमा मेरो भाइलाई गर्न हुँदैन भनेर लेखिएको छैन, त्यसैले मेरो भाइलाई नै गर्छु भन्ने हुनुरहेछ राष्ट्रपतिले।’
संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा भएको बहसका क्रममा धारा ७६(५) को व्याख्यालाई लिएर निर्दलीय व्यवस्था कायम हुने भनेर चर्चा गरिएको प्रति बिडारीले आपत्ति जनाए। बहसकर्ताले नबुझेर निर्दलीय हुने तर्क गरेको उनको भनाइ छ।
‘निर्दलीय व्यवस्था कहाँ, कसरी हुन्छ ? सरकारले ल्याएको विधेयक नै सरकारका सांसदले संशोधन हाल्न पाइन्छ, ’ उनले भने ‘संसदमा विशेष प्रस्ताव हाल्न सत्ता पक्षका सांसदले विपक्षीसँग मिलेर हाल्न पाउँछन्। त्यस्तै विशेष प्रस्ताव पेस गर्न सत्ता पक्ष र विपक्ष एक ठाउँमा बसेर हाल्न सक्छन् के यो पनि निर्दलीय हो ?’
एउटै प्रधानमन्त्रीले दुई दुई पटक प्रतिनिधि सभा विघटन गर्नु घोर अपराध भएको बिडारीले टिप्पणी गरे। प्रधानमन्त्रीले भनेर चुनाव हुने नभइ, संविधानमा लेखिएको समयावधिमा चुनाव हुने उल्लेख गर्दै सांसद बिडारीले त्यसका लागि निश्चित समय तोकिएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।