फाइल तस्वीर।
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ समूहले माओवादी अवैधानिक भन्दै निर्वाचन आयोग दिन लागेको उजुरीका विषयमा आपत्ति जनाएका छन्।
माओवादी पार्टीबाटै चुनाव जितेर मन्त्री हुँदासम्म वैधानिक हुने तर, एमाले प्रवेश गरेपछि अवैधानिक भन्न नमिल्ने पोखरेलले बताए। माओवादी पार्टीमा लामो समय बसेर अवसर लिएका थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर थारुलगायत नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि साथ दिँदै मन्त्री भएका थिए।
एमाले प्रवेश गरेपछि थापासहित रायमाझी, भट्ट, साह र थारु निष्कासनमा परेका थिए। गत जेठ २७ गते सर्वोच्च अदालतले एमालेको दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरेपछि एमाले प्रवेश गरेका माओवादी नेताहरू अलमल परेका छन्। एमाले प्रवेश गरेका माओवादी नेताहरू पुनःमाओवादीमै फर्किने अवस्था नभएपछि निर्वाचन आयोगमा माओवादी पार्टी अवैधानिक भएको भन्दै मुद्दा हाल्ने चरणमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।