काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले नेपाल वायुसेवा निगममा कर्मचारीहरुले लगाएको ताला खुलाइएको छ।
निगममा कर्मचारीहरुले निगमलाई पब्लिक लिमिटेडको मोडलमा लैजान खोजेको भन्दै विरोध गर्दै ताला लगाएका थिए।
कर्मचारीले १८ गतेदेखि महाप्रबन्ध तथा निर्देशकहरुको कार्यकक्षमा तालबन्दी गरेका थिए। ताला खोली शान्ति सुरक्षा कायम गर्न पर्यटन मन्त्रालयले गृहसँग सहयोग मागेको थियो।
कर्मचारीहरुले निगमलाई पब्लिक कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजेको भन्दै विरोध गर्दै ताला लगाएका थिए।
निगमले भने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख भए बमोजिम निगमलाई कम्पनी मोडलमा लैजान आवश्यक प्रबन्ध पत्रका लागि तयारी गरेको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।