काठमाडौं– नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ। बैठकमा सहभागी हुन मंगलबार नेताहरु सिंहदरबार पुगेका हुन्। सोमबार साँझ बसेको बैठक आज दिउँसो १ बजे पुनः बस्ने गरी टुंगिएको थियो।
कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्। नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्। उनी हिजोको बैठकमा पनि सहभागी थिए।
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।