काठमाडौं- नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ। सिंहदरबारमा सोमबार साँझ भएको बैठक झण्डै डेढ घण्टा बसेर सकिएको हो। बैठक भोलि दिउँसो १ बजे फेरि बस्ने बताइएको छ।
बैठकमा हार्दिकतापूर्वक छलफल भएको र अनौपचारिक रुपमा भइरहेका छलफल, सहमति र सहमतिका मस्यौदाका विषयमा छलफल भएको कार्यदल सदस्य गोकर्ण विस्टले बताए।
‘पार्टीभित्रको विवादमा समाधान खोज्नका लागि कार्यदलले फेरि औपचारिक रुपमा काम अगाडि बढाएको छ। हार्दिकतापूर्वक छलफल भएको छ’, विस्टले भने, ‘पार्टीभित्रै छलफल गरे सहमतिका लागि निकास खोज्ने, पार्टी नेता, कार्यकर्ता र आमजनताको चाहना बमोजिम एकतालाई सार्थक बनाउनेगरी छलफल भयो।’
आजको छलफल सहमतिको वातावरण कसरी बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहेको नेता विस्टले बताए।
‘जुन विन्दुमा पुगेका छौं, त्यसलाई औपचारिक विन्दुमा कसरी पुर्याउने भन्नेमा छलफल भयो। आशावादी हुने संकेत देखिएका छन्। एकतालाई सार्थक परिणाममा पुर्याउन सक्छौं भनेरै लागेका छौं। छलफल निकै सकारात्मक भएको छ’, विस्टले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।