फाइल तस्वीर।
काठमाडौं- मन्त्रिपरिषद् बैठक बसिरहेको छ। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले बताए।
यो मन्त्रिपरिषद्को नियमित बैठक भएको बताइएको छ। सर्वाेच्चको अदालतले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको निर्णय खारेज गरेपछि अहिले मन्त्रिपरिषद् पाँच सदस्यी छ।
प्रधानमन्त्रीसहित विष्णु पाैडेल, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठ क्याबिनेटमा छन्। एउटै मन्त्रीलाई पाँच वटासम्म मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।