काठमाडौं- निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले आपत्ति जनाएको छ।
आगामी कार्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्न प्रकाशित गरेको कार्यतालिकाप्रति उनीहरूले आपत्ति जनाएका हुन्। सोमबार एक विज्ञप्ति जारी गर्दै संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको बेला निर्वाचन कार्यतालिका सार्वजनिक गर्नु उचित नभएको यादव-भट्टराई पक्षको भनाइ छ।
जसपा अदालतले दिने फैसलाको सम्मान गर्नेमा स्पष्ट र दृढ भएको बताउँदै अदालतको निर्णय नआएको अवस्थासम्म निर्वाचन सम्बन्धी कार्यतालिका प्रकाशित गर्न नहुने विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।