काठमाडौं- सर्वाेच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको राय विभाजित भएको छ। प्रतिनिधि सभा विघटन मुद्दामा राय दिन अदालतमा उपस्थित भएका उनीहरूको फरक फरक राय आएको हो।
दुई जना एमिकस क्युरीले प्रतिनिधि सभा विघटनको पक्षमा र दुई जनाले विपक्षमा राय दिएका छन्। वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र काेमल प्रसाद घिमिरेले रिट निवेदनकाे पक्षमा राय दिए भने उषा मल्ल पाठक र प्रकाश बहादुर केसीले विपक्षमा राय दिए।
वैद्य र घिमिरेले रिट जारी हुनुपर्ने राय दिँदा पाठक र केसीले त्यसको ठीक विपरीत रिट खारेज हुनुपर्ने राय दिए।
यससँगै प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्च अदालतमा जारी सुनुवाइ सकिएको छ। अब असार २८ गते फैसला सुनाउने अदालतले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।