काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले राष्ट्रपतिले धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्दिन भन्न पाउछ? भन्दै प्रश्न गरेका छन्।
सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासलाई राय दिने क्रममा सर्वोच्च बारबाट एमिकस क्युरी सदस्य रहेका वरिष्ठ अधिवक्ता प्रकाश केसीलाई प्रश्न गर्दै प्रधानन्यायाधीश राणाले राष्ट्रपतिले धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्दिन भन्न पाउछ? कि पाउँदैन भनि प्रश्न गरेका हुन्। एमिकस केसीलाई उनले प्रश्न गरे, ' जस्तो म प्रधानन्यायाधीश भएँ, मैले मुद्दा तोक्दिन भन्न पाउछु?'
उनले विश्वासको मत पाउने ब्यक्ति प्रधानमन्त्री बनाउन सविधानले भनेपछि सबै सदस्यले हात उठाएर विश्वास छ भने दल चाहिन्छ भन्न मिल्छ? भन्दै प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।