काठमाडौं– संसद विघटनको मुद्दामा राय दिन झिकाइएको एमिकस क्युरीका सदस्यले धारा ७६ (५) अनुसार केपी शर्मा ओलीले प्रधानमन्त्रीको दाबी गर्नु अवैधानिक भएको बताएका छन्।
सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासलाई राय दिने क्रममा सर्वोच्च बारबाट एमिकस क्युरी सदस्य रहेका वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेले ७६ (५) को प्रधानमन्त्रीका रुपमा ओलीको दाबी कल्पना नगरिएका कारण राष्ट्रपतिबाट २१ घण्टाको समय दिएर सरकार गठनको आह्वान भएको पनि बताए।
'प्रम (ओली)ले अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त गरेको भन्नुभयो। मेरो विकल्प म हैन भन्ने स्वीकार गर्नुभयो। राष्ट्रपतिले खुल्ला दिमागले सोच्दा ओलीले दाबी गर्न नपाउने र अर्को पक्ष मात्र आउने कल्पना गरेर २१ घन्टा समय निर्धारण गरिएको हो,' वरिष्ठ अधिवक्ता घिमिरेले भने।
ओली वैधानिक रुपमा दावी नगर्ने भनेकाले २१ घण्टाको समय दिएर सरकार गठनको आह्वान भएको उनले दाबी गरे। 'तर, ओलीले फेरि दाबी गरे। यसैमा चुक्ली (एमाले र जसपाको उजुरी) लगाइयो। यसले विवाद गरायो। यो कार्य असंवैधानिक भयो,' वरिष्ठ अधिवक्ता घिमिरेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।