काठमाडौं- राष्ट्रिय सभाको बैठकमा सांसद कोमल वलीले विपक्षी दलहरुलाई बाँदरको संज्ञा दिएकी छिन्। सोमबार राष्ट्रिय सभा बैठकमा धारणा राखेकी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’ नामक कविता सुनाउँदै विपक्षीप्रति अभद्र रुपमा प्रस्तुत भएकी हुन्।
भद्र र विद्वानहरुको सभाका रुपमा परिचित राष्ट्रिय सभामा वलीले सरकारको विरोध गरिरहेका दलहरुलाई लक्षित गर्दै प्रस्तुत गरेको कविता यस्तो थियोः
बाँदहरुको आफ्नो देश हुँदैन
बाँदरहरुको निश्चित भेष हुँदैन
छेपाराजस्ता मौसमी रङ बदल्ने
बाँदहरुको स्थायी परिवेश हुँदैन
कहिले मिलेका छन्, कहिले फुटेका छन्
इश्र्याको भट्टीमा आफैंले भुटेका छन्।
आँखाभरि लोभपापको पिपासा बोकेर
आजकाल विनाशकारी बाँदरहरु
विनाशको मेलामा जुटेका छन्।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरवास बन्न सक्थे
आखिर बाँदर न हुन्, भोलिको प्रतिक्षा कहाँ गर्न सक्छन्
आफ्नै बासमा आगो फुकेर भागभाग छ आज यिन्को
उनले प्रतिनिधी सभा विघटनको विरोध गरिरहेको विपक्षी गठबन्धनलाई रङ फेर्ने छेपारादेखि विनाशकारी बाँदरसम्मले सम्बोधन गरिन्। ईश्र्याले विरोध गरिरहेको उल्लेख गर्दै चेतनाविहीन र लोभीपापीको रुपमा प्रस्तुत गरिन्।
त्यसपछि आफ्नो भनाइ राखेका सांसद मृगेन्द्रकुमार सिंह यादवले सायरी सुनाए।
उनको पहिलो सायरी थियो:
अंहकार से नास होत है, धर्म वैभव वंश
नमानो तो देख्लो रावण, कौरव, कंश
प्रधानमन्त्री केपी शर्मा ओलीसँग लागेर जनता समाजवादी पार्टी (जसपा)का नेताहरु पनि जालझेलमा सक्रिय भएको यादवको भनाइ थियो। आफ्नो पार्टीका सन्त ‘महन्थ’ले समेत जालझेलमा महारथी हासिल गरेको बताए। सायरीबाटै ‘प्रधानमन्त्री र उनका मतियार’ चेतावादी दिएः
छल करागे त बुरा फल मिलेगा
आज नही तो कल मिलेगा
जिओगे जिन्दगी सच्याइसे
सुकुन हरपल मिलेगा, हरपल मिलेगा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।