काठमाडौं– संसद विघटनसम्बन्धी मुद्दामा जारी सुनुवाइअन्तर्गत एमिकस क्युरीका सदस्यहरुको राय दिने क्रम सुरु भएको छ।
आइतबारदेखि सुरु भएको रिट निवेक पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएपछि एमिकस क्युरीका ४ जना सदस्यको राय दिने क्रम सुरु भएको हो।
संसद विघटनको मुद्दामा रायका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासले नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनबाट विज्ञ (एमिकस क्युरी) मगाउने आदेश गरेको थियो।
एमिकस क्युरीका रुपमा नेपाल बारबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।