काठमाडौं- राष्ट्रिय सभाका सदस्य रमेशजङ रायमाझीले संसद्मा कालो झण्डा देखाउन नमिल्ने भन्दै कालो पहिरन लगाएर विरोध गरेका छन्। सुटदेखि टोपीसम्म कालो नै पहिरिएर राष्ट्रिय सभाको बैठकमा उपस्थित भएकाले उनले सरकारको कदमको विरोध जनाउन उक्त परिहन लगाएको बताए।
आफूले विरोधस्वरुप लगाएको कालो टोपी झिक्दै उनले भने, ‘मैले अहिलेसम्म सदनमा यस्तो (कालो) टोपी पहिरिएको थिइनँ। संसद्मा कालो झण्डा देखाउन नमिल्ने भएकाले कालो टोपी पहिरिएको छु।’
प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध कालो झण्डा लिएर जनता सडकमा आउने अवस्था नभएकाले आफूले उक्त पहिरन लगाएर प्रस्तुत भएको उनको संकेत थियो।
उनले प्रधानमन्त्री ओली रजानीतिक, नैतिक, मानसिक र आर्थिक रुपमा असफल भएको बताए। ओलीकै कारण दुईतिहाइ नजिकको कम्युनिष्ट सरकार कमजोर हुँदै विघटन गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।