काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी कानुनसम्मत रहेको तर्क गरेका छन्। उनले राष्ट्रपतिले बदनियतपूर्वक देउवाको दाबी खारेज गरेको भन्दै यसमा परमादेश जारी हुनुपर्ने बताए।
प्रतिनिधि सभा विघटन मुद्दामा सोमबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जवाफी बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले १४९ सांसदको हस्ताक्षरसहित देउवाले गरेको दाबी नकार्न नमिल्ने बताए।
उनले प्रधानमन्त्री ओलीले आफू पनि संसद्मा नजाने र अरुलाई पनि जान नदिने नियत राखेको तर्क गरे। '१५३ जनाको समर्थन थियो भने विश्वासकाे मत किन नलिएको? केपी ओलीले दाबी गर्ने हाे भने संसद्मा जानुपर्ने थियाे', थापाले भने, 'याे देउवाकाे मात्र दाबी हाे। त्यसकारण परमादेश जारी गर्न समस्या छैन।'
यससँगै रिट निवेदकको तर्फबाट जवाफी बहस सकिएको छ। अब एमिकस क्युरीले राय दिनेछन्। प्रतिनिधि सभा विघटन मुद्दामा आजै सुनुवाइ सक्ने तयारी छश्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।